Tuesday, August 04, 2020
Home > मुख्य समाचार > सिस्टम ह्याक गरेर कृषि विकास बैंकबाट २ करोड चोरी

सिस्टम ह्याक गरेर कृषि विकास बैंकबाट २ करोड चोरी

काठमाडौं । कृषि विकास बैंकका तीन वटा शाखाका कम्प्युटर सिस्टम ह्याक गरेर झण्डै २ करोड रुपैयाँ चोरी भएको छ ।

प्रारम्भिक जानकारी अनुसार सिरहाको लहान, चितवनको सौराहा र कैलालीको धनगढी शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर झण्डै २ करोड रुपैयाँ चोरी भएको हो । तीन वटा शाखाका कम्प्युटर ह्याक गरेर झण्डै २ करोड रुपैयाँ चोरी भएको र घटना हेर्दा शंकास्पद भएकाले प्रहरीले केही व्यक्ति पक्राउ गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी तथा फर्स्योट विभागका प्रमुख बमबहादुर मिश्रले जानकारी दिनुभयो । ह्याकरले बैंकको ब्यालेन्स सिटमै प्रवेश गरेर रकम अन्तै सारेका छन् । ग्राहकको खाताको पैसा नभई बैंकको आफ्नै खाताबाट रकम चोरी भएको पनि मिश्रले जानकारी दिनुभयो । यसबारेमा राष्ट्र बैंकमा केहीबेरपछि बैठक बसेर थप अनुसन्धान अघि बढाउने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *