Sunday, August 09, 2020
Home > राष्ट्रिय समाचार > निशुल्क आँखा शिविर सम्पन्न

निशुल्क आँखा शिविर सम्पन्न

विराटनगर । लाइन्स क्लव अफ विराटनगर पाथिभराले गोल्छा आँखा अस्पतालको सहयोगमा निशुल्क आँखा उपचार सिविरको आयोजना गरेको छ ।

विराटनगर १९ स्थित धनपुरामा आयोजित सिविरमा २ सय २१ जनाको आखाँको जाँच गरिएको पाथिभराकी प्रेसिडेन्ट रक्तिम जोशी प्याकुरेलले जानकारी दिनुभयो । आँखामा समस्या भएकाहरुलाई सो अवसरमा लाइफ गार्ड मेडिसिनले निशुल्क रुपमा उपलब्ध गराएको औषधी समेत वितरण गरिएको थियो । आँखा जाँच गराएकामध्ये २९ जनामा मोतिबिन्दु भएको फेला परेको थियो । तिलगंगा इन्स्टियूट अफ अफ्थाल्मोलोजी र फ्रेड हलो फाउण्डेशनको समेत सहयोगमा गोल्छा आँखा अस्पतालले निशुल्क मोतिविन्दुको शल्यक्रिया गरिदिने सो अवसरमा जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *