Wednesday, May 27, 2020
Home > खेलकुद समाचार > एपिएफले सहज जित, सप्तरी १ सय ३९ रनले पराजित

एपिएफले सहज जित, सप्तरी १ सय ३९ रनले पराजित

इनरुवा । सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफले सहज जित निकालेको छ ।

एपिएफले सप्तरी विरुद्ध १ सय ३९ रनको फराकिलो जित निकालेको हो । २ सय १ रनको बिजयी लक्ष पछ्याएको सप्तरी एफिएफका बलर सामू टिक्ट सकेन् । सप्तरी १४ दशमलव २ ओभरमा अलआउट हुँदै ६१ रनमा समेटिएको थियो । सप्तरीलाई सस्तैमा समेट्न एपिएफका अमर सिंह रौतेलाले ३, विकास आग्रीले २ तथा पृथु बास्कोटा र शरद भेषावकरले १÷१ विकेट लिए । सप्तरीका लागि बिकास दासले १२ र मेहबुब आलमले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । त्यसअघि इनरुवा खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको एपिएफले २० ओभरमा ३ विकेटको नोक्सानीमा २ सय रन बनाएको थियो । टिमको उच्च स्कोर बनाउन एपिएफकालागि आसिफ सेखले ९५ रनको विष्फोटक पारी खेले । शतक बनाउनबाट ५ रनले चुकेका सेखले आफ्नो पारीमा ७ चौका र ६ छक्का हिर्काएका थिए । उनी रोहित सिङको बलमा क्याच आउट हुन पुगे । एपिएफकालागि सरद भेषावकरले ७४ रन बनाए । सरद र आसिफको जोडीले पहिलो विकेटका लागि १ सय ५१ रनको साझेदारी गरेको थियो । बलिङ तर्फ सप्तरीका बिकास दासले २ तथा रोहित सिंहले १ विकेट लिए । खेलको म्यान अफ दी म्याच एपिएफका आसिफ सेख घोषित भए । प्रतियोगिताअन्र्तगत आजको खेल जनकपुर र वीपी केआइएचएस धरानबिच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *