Sunday, March 29, 2020
Home > मुख्य समाचार > दुई भारतीयसहित चारजनाको लुटेरा पक्राउ

दुई भारतीयसहित चारजनाको लुटेरा पक्राउ

जनकपुर जनकपुरमा चोरी गर्न आएका दुई भारतीयसहित चारजनाको लुटेरा समूहलाई प्रहरीले गोली प्रहारगरी नियन्त्रणमा लिएको छ ।
आज विहान करिव साढे ३ बजे चोरी गरिरहेका ब्यक्तिहरुमाथि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली खुट्टामा लागेर एकजनालुटेरा घाइते भएका छन् । उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ मा उपमहानगरपालिकाकै गेट अगाडी दिपक बजाज र अमित अग्रवालले सञ्चालन गरिरहेको जानकी फर्निसिंगमा चोरी गरिरहेका चारजना भाग्न खोजेपछि प्रहरीले ३ राउण्ड गोली चलाएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा रौतहटको गौर घर भई जनकपुरधाम–४ मा डेरागरी बस्ने ५५ वर्षीय विनोद सिंह,रौतहटकै वृन्दावन नगरपालिका–१ रमौलीका ३५ वर्षीय गगन पटेल, भारत बिहारस्थित सीतामढीका ३९ वर्षीय ओजिर अन्सारी र सीतामढीकै ४० वर्षीय मोहम्मद ईलयास राइन रहेको उहाँले बताउनुभयो । लुटेराहरुले सो पसलको ताला फोडिरहेको देख्दा प्रहरीले उनीहरुलाई पक्राउ गर्न खोजेको थियो । प्रहरीले सुरुमा हवाई फायर गरेर एक जनालाई पक्राउ गरेपनि अरु तीन जना कटुवा पेस्तोल देखाएर भाग्न खोजेपछि प्रहरीले चार राउण्ड गोली चलाएको प्रहरी उपरिक्षक खनालले बताउनुभयो ।
प्रहरीको गोली लागि घाईते हुनेमा रौतहट गौरका सिंह रहेका छन् । उनको दुबै खुट्टामा गोली लागेको छ । पक्राउ पर्नेहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल एक थान र सोमा लाग्ने गोली २ राउण्ड,ताल्चा काट्ने कटर एक थान,सात सय नेपाली रुपैयाँ,ठूलो पेचकस एक थान लगायतका सामानहरु समेत बरामद गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *