Monday, January 18, 2021
Home > खेलकुद समाचार > रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता : जनकपुरलाई सफलता

रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता : जनकपुरलाई सफलता

सुनसरी/ जनकपुर सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
वीपी प्रतिष्ठान धरानलाई ६ विकेटले पराजित गरेको जनकपुर सेमिफाइनल पुग्ने प्रतियोगिताको पहिलो टोली बनेको छ । वर्षाकाकारण ११ ओभरमा छोट्याइएको खेलमा धरानले दिएको ७८ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गरेको थियो । जनकपुरका लागि रोनक रतनामले २३, विशाल सुसलिङले १९ रन बनाए । बलिङतर्फ धरानका प्रमोदमान सिंह यादवले २ तथा दिलिप गुप्ता र शशी रनजनले १÷१ विकेट लिए । जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङमा उत्रेको धरानले ११ ओभरमा सबै विकेट गुमाएर ७७ रन जोडेको थियो । उसकालागि सुभाष चन्द्रले ३७ र प्रदीप राउतले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । जनकपुरका राहुल प्रताप सिंहले ४ तथा शमसाद शेखले ३ विकेट हात पारे । खेलको म्यान अफ दी म्याच प्रताप सिंह घोषित भए । प्रतियोगिता अन्र्तगत आजको खेल आयोजक फूलबारी क्रिकेट क्लब इनरुवा र एपीएफबिच हुनेछ । आजको बिजेता समूह ए बाट सेमिफाइनल पुग्ने दोस्रो टोली बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *