Thursday, June 04, 2020
Home > विराटनगर समाचार > ज्येष्ठ नागरिकको अवस्थाबारे तथ्यांक संकलन गरिसकेको घिमिरेको भनाई

ज्येष्ठ नागरिकको अवस्थाबारे तथ्यांक संकलन गरिसकेको घिमिरेको भनाई

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ज्येष्ठ नागरिकहरुले सम्मानपुर्वक जीवनयापन गर्न पाउनेगरि प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । २९ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा उहांले ज्येष्ठ नागरिकहरुको सम्मानपुर्वक जीवनयापनको ब्यवस्थागर्न प्रदेश सरकार लागि परेको बताउनुभएको हो ।

उहाँले आफु आबद्ध मन्त्रालयले प्रदेशभरिका ज्येष्ठ नागरिकहरुको अवस्थाका बिषयमा आवश्यक सम्पुर्ण तथ्यांक संकलन गरिसकेको बताउनुभयो । गएको आर्थिक बर्षमा त्रिलोक न्यौपानेको अध्यक्षतामा गठित कार्यदलले ज्येष्ठ नागरिक सम्बन्धि सम्पुर्ण तथ्यांक उपलब्ध गराइसकेको बताउनुहुँदै उहाँले सोहि प्रतिवेदनको आधारमा टेकेर ऐन,कानुन र निर्देशिका बनाईने बताउनुभयो । मन्त्री घिमिरेले ज्येष्ठ नागरिकहरुको सुविधाकै लागि मोरङको ग्रामथान गाँउपालिकामा नमुना ज्येष्ठ ग्राम निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

मन्त्री घिमिरेले प्रदेश सरकारकातर्फबाट ९० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई एक पटककालागि ५ हजार उपलब्ध गराउने निर्णय भएको समेत जानकारी गराउनुभयो । १ नम्बर प्रदेश ज्येष्ठ नागरिक महासंघको संयोजनमा गरिएको कार्यक्रममा ९० बर्ष माथिका २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रममा विराटनगरका १०५ बर्षिय लक्ष्मीप्रसाद तिम्सिना, १०१ बर्षिया चन्द्रकला अधिकारी र १ सय बर्षिया जोगमाया कटुवाल लगायतका ज्येष्ठ नागरिकहरुलाई दोसल्ला,फुलमाला र नगद सहित सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *