Monday, April 06, 2020
Home > स्थानीय समाचार > बेलबारीमा स्वास्थ्य विमा कार्यक्रम सुरु

बेलबारीमा स्वास्थ्य विमा कार्यक्रम सुरु

मोरङको बेलबारी नगरपालिकाले एक कार्यक्रमबीच स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको छ ।  नगरपालिका कार्यालयमा आज स्वास्थ्य बिमा दर्ता शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर विमा दर्ता शुभारम्भ भएको हो ।                                                                         तीनजना ज्येष्ठ नागरिकलाई स्वास्थ्य विमा दर्ता फारम हस्तान्तरण गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले  विमाको शुभारम्भ गर्नुभयो । मेयर सुवेदीले समेत स्वास्थ्य विमा लिनुभएको छ । कार्यक्रममा मेयर सुवेदीले स्वास्थ्य विमा कार्यक्रमले गरिव तथा असाय परिवारलाई सहयोग पुग्ने बताउनुभयो । साथै उहाँले विमा गर्न समेत सवैलाई आग्रह गर्नुभयो । स्वास्थ्य विमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जना सदस्य सहितको परिवारले विमा शुल्क वापत प्रत्येक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ भने ५ भन्दा वढि १० जना सम्मले प्रति ब्यक्ति ७ सय बुझाउनु पर्ने उल्लेख गरिएको छ । विमितले मंसिर १ गते देखि सेवा पाउने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *