Thursday, June 04, 2020
Home > स्थानीय समाचार > आईएमईबाट पैसा चोरी गर्ने पक्राउ

आईएमईबाट पैसा चोरी गर्ने पक्राउ

इटहरीमा दसै खर्चको लागि निकालिएको पैसा आईएमईबाटै चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । इटहरी ४ की इन्दिरा राईले दसै खर्चको लागि भनी निकालेको पैसा चोरी गरेर भाग्नेलाई प्रहरीले पक्राउ गरेको हो । इटहरी चौकमा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको अफिस भित्र काउन्टर छेउमा रहेको टेवलबाट नगद चोरी गरी फरार तेह्रथुम लालीगुराँस नगरपालिकाका रमेश कार्कीलाई इलाका प्रहरी कार्यलय इटहरीको टोलीले पक्राउ गरेको हो । उनले २३ हजार ८ सय ५८ रुपैया चोरी गरेका थिए । कार्कीलाई अनुसन्धानपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताउनुभयो । उनलाई चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *