Friday, November 27, 2020
Home > आर्थिक समाचार > सेवा महिला कृषक समूहले दोश्रो बार्षिक साधारण सभा सम्पन्न

सेवा महिला कृषक समूहले दोश्रो बार्षिक साधारण सभा सम्पन्न

सुनसरीको दुहबी नगरपालिका–७ स्थित सेवा महिला कृषक समूहले दोश्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
स्थानीय युथ क्लबमा कार्यक्रमको अयोजनागर्दै सो समूहले साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा समूहकी कोषाध्यक्ष विन्देश्वरी विश्वासले आर्थिकबर्ष २०७५÷७६ को आयब्यय प्रस्तुत गर्नुभयो । सो क्रममा उहाँले १ लाख ७४ हजार १ सय ५५ रुपैयाँको वार्षिक आर्थिक विवरण प्रस्तुत गर्नुभयो । यसैगरि समूहकी अध्यक्ष चन्द्रकला विश्वासले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा २ जना एकल महिलालाई सम्मान समेत गरिएको थियो । ३७ जना महिलामात्र सदस्य रहेको सो समूहले कृषिकर्म उत्थानका साथै सिपमुलक तालिम र महिला हिंसाबिरुद्ध काम गर्दै आएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *