Wednesday, September 30, 2020
Home > खेलकुद समाचार > साफ यू–१८ च्याम्पियन्सिप :  बंगलादेश फाइनलमा

साफ यू–१८ च्याम्पियन्सिप :  बंगलादेश फाइनलमा

साविकको उपविजेता बंगलादेश साफ यू–१८ च्याम्पियन्सिपको फाइनलमा प्रवेश गरेको छ । आज काठमाडौको हल्चोकस्थित एपीएफ रंगशालामा भएको खेलमा भुटानमाथि ४–० को फराकिलो जित दर्ता गर्दै बंगलादेशले उपाधि भिडन्तमा पुगेको हो । सुरुवाती मिनेटमा भुटानले केहि दवाव कायम गरेपनि बंगलादेशले त्यसपछि लगातार गोल गरेको थियो । पहिलो हाफमा नै ३–० ले अगाडि रहेको बंगलादेशले दोस्रो हाफमा १ गोल थपेको थियो । बंगलादेशले अब दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ । अब भारत र माल्दिभ्सबीचको विजेता फाइनलमा प्रवेश गर्नेछ । फाइनल आइतबार हुनेछ । नेपाल भने प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको थियो । भुटानसँग ३–० को हार र माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएपछि प्रशिक्षक चेतनारायण श्रेष्ठले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *