Thursday, October 17, 2019
Home > खेलकुद समाचार > क्यानको चुनावी साधारणसभा सुरु

क्यानको चुनावी साधारणसभा सुरु

नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारणसभा काठमाडौमा सुरु भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट साढे तीन वर्षदेखि निलम्बनमा परेको नेपाल क्रिकेट संघ आईसीसीको रोहबरमा सुरु भएको यो साधारण सभाले नयाँ नेतृत्व पनि चुन्नेछ । नेतृत्वको लागि भोलि निर्वाचन हुँदैछ । आज साधारण सभा र भोलि हुने निर्वाचनले क्यानलाई नयाँ नेतृत्व दिनेछ । १७ सदस्यीय नयाँ नेतृत्वका लागि ५९ जनाले मतदान गर्नेछन् । जसमा ३९ जिल्लाका प्रतिनिधि र प्रदेशका २० जना मतदाताले चुनावमा सहभागिता जनाउने छन । नयाँ नेतृत्वका लागि दुई पूर्वअध्यक्ष विनयराज पाण्डे र चतुरबहादुर चन्द चुनावी मैदानमा उठ्ने पक्का भएको छ । पाण्डे र चन्द दुवै पक्षको चुनावी एजेण्डा क्यानमाथिको निलम्बन फुकुवामा नै केन्द्रित छ । यस अघि सरकारी हस्तक्षेप भएको भन्दै आइसीसीले क्यानलाई निलम्बन गरेको थियो । तर नेपाली खेलाडी आइसीसीकै अधिनमा रहेर प्रतियोगितामा सहभागिता जनाउँदै आइरहेका छन् । असोज २६ मा आईसीसीको बोर्ड बैठक बस्दैछ । सो बैठकमा नेपालमाथि लगाइएको निलम्बन फुकुवा हुने अपेक्षा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *