Monday, June 01, 2020
Home > मुख्य समाचार > समानन्द हत्या प्रकरण : अदालत आउँदै गरेका पीडित परिवार बाटोमै कुटिए

समानन्द हत्या प्रकरण : अदालत आउँदै गरेका पीडित परिवार बाटोमै कुटिए

विराटनगर । समानन्द यादव हत्या प्रकरणको बहसका लागि अदालत आउँदै गरेका पीडित परिवार बाटोमै कुटिएका छन् ।

हत्या प्रकरणको थुनछेक बहसका लागि विराटनगर १४ स्थित घरबाट जिल्ला अदालत आउँदै गरेका गरेका पीडित परिवारका सदस्य बाटोमै कुटिएका हुन् । समानन्द हत्या प्रकरणमा फरार रहेका विराटनगर १४ का वडाध्यक्ष बलदेव यादवका आफन्तहरुले सामानन्दकी श्रीमती किन्दुलादेवी यादवमाथि बाटो छेकेर कुटपिट गरेका हुन् । यसैबीच समानन्द यादव हत्याका ओरापी विराटनगर १४ का २७ वर्षिय दिपेश यादवलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ । आज जिल्ला न्यायाधिस राजकुमार कोइरालाको इजलसाले हत्या प्रकरणमा पक्राउ परेका यादवलाई पूर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको हो । अदालतको आदेशपछि यादव जिल्ला कारागार मोरङ चलान भएका छन् ।समानन्द हत्या प्रकरणमा तीनजना जनप्रतिनिधीसहित नौं जना अझै फरार छन् । अदालतले हत्या प्रकरणमा फरार रहेकाहरुको हकमा पक्राउ पूर्जीसहितको म्याद जारी गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो । आजको बहसपछि अदालतले पक्राउ पूर्जी सहितको २१ दिने म्याद जारी गरेको हो । यादव हत्या प्रकरणमा विराटनगर महानगरपालिका १४ नम्बर वडा अध्यक्ष बलदेव यादव, उनका छोरा रवीन, विराटनगर– १८ का अध्यक्ष सञ्जय शाह र जहदा गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष प्रदीपचन्द यादव लगायत विन्देश्वर यादव, सम्भुप्रसाद यादव, भोलु यादव, विरेश यादव, दिनेशप्रसाद यादव फरार छन् । आफुले खाजेको केटीसंग विवाह नगरेको भन्दै जेठ ३२ गते वडा अध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटघाट घाइते यादवको उपचारको क्रममा असार २७ गते मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *