Thursday, October 17, 2019
Home > खेलकुद समाचार > वर्षाका कारण बेलबारी गोल्डकपको आजको खेल स्थगित

वर्षाका कारण बेलबारी गोल्डकपको आजको खेल स्थगित

बेलबारी । मोरङको बेलबारीमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको आज तोकिएको फाइनल खेल बर्षाका कारण स्थगित भएको छ ।

२ दिनदेखिको निरन्तर बर्षाका कारण हिजो तोकिएको फाइनल खेल समेत स्थगित भएको थियो । आज बिहानैदेखिको बर्षाका कारण खेल स्थगित गरिएको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तावा राईले जानकारी दिनुभयो । अब फाइनल खेल असोज १४ गते मंगलबार दिउँसो ३.३० बजे हुने आयोजकले वताएको छ । उपाधिका लागि धरान फुटबल क्लब र रोयल क्लब वेष्ट बंगाल भिडनेछन । प्रतियोगितामा बिजयी टिमले ५ लाख र उपबिजेताले २ लाख ५० हजार पाउने छन । गतबर्ष बिजेताले २ लाख २२ हजार र उपबिजेताले १ लाख ११ हजार प्राप्त गरेका थिए । पुरस्कार राशी यसपटक दोब्बर बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *