Thursday, October 17, 2019
Home > खेलकुद समाचार > क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित हुनु भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा आज सम्पन्न विशेष साधारण सभाबाट अध्यक्ष चन्दले अर्का अध्यक्षका प्रत्यासी विनयराज पाण्डेलाई बहुमत मतले हराउँदै निर्वाचित हुनु भएको हो । ५९ प्रतिनिधिले मतदान गरेको निर्वाचनमा चन्दले ४४ मत प्राप्त गर्दा पाण्डेले १५ मत प्राप्त गर्नुभयो । १७ सदस्यीय नयाँ कार्यसमितीका लागि भएको निर्वाचनमा अन्य पदाधिकारीमा समेत चन्द प्यानलले बहुमत प्राप्त गरेको छ । संघको उपाध्यक्षमा चन्द प्यानलका राजुबाबु श्रेष्ठ विजयी हुनु भएको छ । संघको सचिवमा चन्द प्यानलका अशोकनाथ प्याकुरेल कोषाध्यक्षमा चन्द प्यानलका रोशनकुमार सिंह निर्वाचित हुनुभएको छ । प्रदेश सदस्यतर्फ प्रदेश १ बाट कैलाश विष्टले ३७ र प्रदेश ३ बाट अमित बिर पाण्डे ३९ मत प्राप्त गर्दै अन्य पदाधिकारीमा निर्वाचित हुनुभएको छ । सरकारी हस्तक्षेपमा अवैधानिक निर्वाचन गराएको भन्दै यसअघि २०७३ सालमा आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो । त्यो बेला पनि चतुरबहादुर चन्द नै अध्यक्ष हुनुहुन्थ्यो । नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले क्यानको विधान तयार गरेको थियो । सोही विधानमा अनुसार आईसीसीको स्वतन्त्र कमिटिलाई नयाँ नेतृत्व लागि निर्वाचनको म्यानडेट दिएको थियो । निर्वाचनसँगै नेपालको निलम्बन फुकुवा हुने विश्वास लिइएको छ ।
यसैबीच, नवनिर्वाचित अध्यक्ष चन्दले संघभित्रको सबै काम पारदर्शी ढंगले हुने बतानुभयो । विजयी भएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै अध्यक्ष चन्दले नेपाली क्रिकेट विवादरहित र पारदर्शी रुपमा अगाडी बढ्ने स्पष्ट पार्नुभयो । नेपालीहरुमा नेपाली क्रिकेट खेलाडीसँग धेरै ठुलो अपेक्षा रहेको भन्दै अध्यक्ष चन्दले क्रिकेटको बिकाशलाई नयाँ तरिकाले गति दिन आवश्यक रहेको बताउनुभयो । आफ्नो कार्यकालमा क्यानभित्रको सबै कामलाई पारदर्शी बनाउन पहिलो दिनदेखि लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *