Thursday, September 24, 2020
Home > आर्थिक समाचार > विराटनगरमा कोसेली महोत्सव सुरु

विराटनगरमा कोसेली महोत्सव सुरु

विराटनगर । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजदेखि विराटनगरमा कोसेली महोत्सव सुरु भएको छ ।

राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग गरौं’ भन्ने मूल नाराका साथ उद्योग संगठन, महिला उद्यम समिति तथा नेपाल युवा उद्यमी मञ्चको संयुक्त आयोजनामा सुरु महोत्सवको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभयो । दसैंको अवसर पारेर आयोजित महोत्सवलाई विराटनगर महानगरपालिका, उद्योग वाणिज्य महासंघ, प्रदेश–१ को उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रवद्र्धन गरेका छन् ।  महोत्सव अवलोकन गर्न आउन दर्शकहरूका लागि प्रवेश निःशुल्क गरिएको संगठनका अध्यक्ष भीम घिमिरेले जानकारी दिनुभयो । महोत्सवमा पहाडी जिल्लाका उत्पादन छुर्पी, अल्लो, ढाका, राढीपाखी, अचार, अकवरे खुर्सानी, रुख टमाटर, ग्रिन टी, अर्गानिक सागसब्जी अलग–अलग स्टलहरूका साथै स्थानीय उद्योगबाट उत्पादित वस्तु राखिएको छ । ९५ स्टल रहेको महोत्सवमा ३० हजारभन्दा बढी व्यक्तिले अवलोकन गर्ने आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिनुभयो । आवश्यक सबै सामग्री महोत्सवमा नै राखिएकाले दसैंमा सामान खरिद गर्न जोगबनी जानु नपर्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *