Tuesday, July 07, 2020
Home > मुख्य समाचार > अलपत्र अवस्थामा छाडिएका अधुरा जोखिमपूर्ण भवनमा विद्यार्थीहरु अध्ययन गर्न बाध्य

अलपत्र अवस्थामा छाडिएका अधुरा जोखिमपूर्ण भवनमा विद्यार्थीहरु अध्ययन गर्न बाध्य

झापा । झापामा भारतीय सहयोगमा निर्माणाधिन विद्यालय भवन विगत एक बर्षदेखि अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनी वेपत्ता भएको छ । अलपत्र अवस्थामा छाडिएका अधुरा जोखिमपूर्ण भवनमा विद्यार्थीहरु अध्ययन  गर्न बाध्य छन ।

निर्माण कम्पनीले ३२ कोठे दुई तले विद्यालय भवन अधुरो बनाएर सम्पर्क विहिन हुँदा  भद्रपुरस्थित अरनिको माविमा अध्ययनरत विद्यार्थीहरु विगत १० वर्षदेखि  जोखिमपूर्ण भवनमा अध्ययन गर्न बाध्य छन । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु झ्याल ढोका नभएको, छत भएपनि इँटाले नघेरिएको कक्षा कोठामा पढिरहेका छन । न त विद्यालयको कक्षा कोठामा बिजुली छ नत खानेपानी र शौचालयको नै  प्रबन्ध छ । भवन नबन्दा निक्कै दुःखले पढनु परेको विद्यार्थीहरुले बताएका छन । बर्खाको बेला कक्षा कोठामा पानी पस्ने, हावाहुरी चल्दा बस्नै नसकिने तथा गर्मीमा पंखा चलाउने विजुलीको व्यवस्था नहुदा समेत विद्यार्थीहरुलाई त्याहा पढाउनुको विकल्प नभएको विद्यालयका शिक्षक खेमराज चिमरियाले बताउनुभयो ।

वि.सं. २०२४ सालमा स्थापना भएको अरनिको माविको भवन स्तोरन्ततीका लागि भारत सरकार तथा भारतीय दुतावासले चार करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । २०६७ सालमा ३ करोड ८६ लाखमा राजधानी कन्ट्रक्सन काठमाडौंका सुवास लामाले भवन निर्माणको लागि ठेक्का लिएका थिए । ठेक्का लिएको करिब चार बर्षपछि २०७१ चैतदेखि भवन निर्माणको काम सुरु गरेको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले बताउनुभयो । तर तत्कालीन जिल्ला विकास समिति झापाको प्राविधिक रेखदेखमा सुरु भएको विद्यालय भवनको निर्माण कार्य विगत एक बर्षदेखि ठप्प बनेको छ । विद्यालयको भवनले पुर्णता नपाउँदा रातको समयमा विद्यालय भवन नै डेटिङस्थल बन्ने पुगेको  खरेलको  भनाई छ । ठेक्का लागेको पनि १० बर्ष बित्न लाग्दा समेत विद्यालय भवन बनेको छैन ।  जनप्रतिनिधि आएपछि अधुरो विद्यालय भवनको निर्माणका लागि पटक पटक स्थलगत निरीक्षण गरेर  पहल गरिरहेको  जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताउनुभयो ।

अरनिको माविसँगै भारतीय सहयोगमा निमार्ण सुरु  भएका जिल्लाका अरु विद्यालय भने बनिसकेका छन । अरनिको मावि बनाउने मुल ठेकेदार र पेटी ठेकेदार बीचको आपसी लेनदेनको बिषयले गर्दा यस विद्यालयको भवन भने अलपत्र परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *