Thursday, October 17, 2019
Home > खेलकुद समाचार > क्यानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने प्रतिवद्धता

क्यानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने प्रतिवद्धता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले क्यानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने प्रतिवद्धता जनाउनु भएको छ ।

अध्यक्ष चन्दले क्यान भित्र सुशासन कायम गर्न सिईयो पनि प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने योजना अघि सार्नु भयो । उहाँले क्यानलाई पारदर्शी बनाउने र विभिन्न उमेर समूहका खेलाडीहरुको छनौट गर्दा उनीहरुको क्षमतालाई मुख्य प्राथमिकता दिने पनि स्पष्ट पार्नु भयो । आज काठमाडांैमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले निजी स्तरमा संचालन भईरहेका लिगहरुलाई पनि कानुनी दायरामा ल्याउने बताउनु भयो । अध्यक्ष चन्दले चालू आर्थिक वर्ष भित्र नेपालमा अन्तराष्ट्रिय स्तरको प्रिमियर लिग प्रतियोगिता आयोजना गर्ने पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *