Friday, March 05, 2021
Home > राष्ट्रिय समाचार > मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग

मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग

काठमाडौं । नेपाल चिकित्सक संघले मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग गरेको छ ।

चर्को शुल्क असुली गरेको भन्दै मेडिकल कलेजहरुविरुद्ध आन्दोलन भइरहँदा नेपाल मेडिकल कलेजका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले तत्काल शुल्क निर्धारण गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार चिकित्सा क्षेत्रको सुधारमा सरकार लागि नपरेको आरोप पनि लगाउनुभयो । आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष श्रेष्ठले चिकित्सा शिक्षा आयोगको बैठकसमेत सरकारले नबोलाएका कारण यस क्षेत्रको समस्या समाधानका लागि आवश्यक निर्णय लिन कठिनाई भइरहेको पनि स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *