Thursday, October 17, 2019
Home > राष्ट्रिय समाचार > चट्याङले लागेर ६ जना घाइते

चट्याङले लागेर ६ जना घाइते

अविरल वर्षासँगै परेको चट्याङले लागेर भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा ६ जना घाइते भएका छन् ।

गएराति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उहाँकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको भनाइ छ । त्यस्तै ६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्दबहादुर राईकी १६ वर्षीया छोरी इन्दिरा खत्री र २२ वर्षीया कोपिला गिरी घाइते भएको प्रहरीले जनाएको छ । घाइते अधिकांशले कान नसुन्ने तथा शरीरको विभिन्न ठाउँमा असर देखिएको प्रहरीको भनाइ छ । चट्याङका कारण स्थानीय गञ्ज राईको गोठमा बाँधेका दुई वटा भेडा मर्दा ५० हजार रूपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै स्थानीय ८५ वर्षीय मानबहादुर राईको एक तले घर भत्किँदा ५० हजार रुपैयाँको क्षति भएको प्रहरीको भनाइ छ । त्यसैगरी लाम्लुङ गाउँमा रहेको कैकुलघु जलविद्युत आयोजनामा ८५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *