Thursday, October 17, 2019
Home > मुख्य समाचार > प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरुले राष्ट्रपतिको हातबाट टिका लगाए

प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरुले राष्ट्रपतिको हातबाट टिका लगाए

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैंको टीका लगाई दिनु भएको छ ।

राष्ट्रपति भण्डारीले आज अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितल निवास पुग्नु भएका प्रधानमन्त्री ओलीलाई बडादसैंको टीका, जमरा र जमराको माला लगाई दिनु भएको हो । त्यसैगरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई पनि टीका लगाई दिनुभयो । उहाँले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई दसैंको टीका लगाई दिनुभयो । राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई पनि टीका लगाइदिनुभयो । यसअघि उहाँले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका ग्रहण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *