Thursday, October 17, 2019
Home > राष्ट्रिय समाचार > सौराहामा घुम्न आउने पर्यटकहरुले पनि दशै मनाए

सौराहामा घुम्न आउने पर्यटकहरुले पनि दशै मनाए

चितवन । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा घुम्न आउने पर्यटकहरुले पनि दशै मनाएका छन् ।

पर्यटकलाई वन्यजन्तु, बाघ, गैडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैँतिहारलगायत चाडवाडले पनि तान्ने गरेका छ । विदेशीलाई दशैँको माहौल विशेष लाग्ने गर्छ । जमरा, टीका र चंगामा उनीहरू रमाउने गरेका छन् । सौराहाको सपना भिलेजले हरेक बर्ष जस्तै यो बर्ष पनि दुर्गा पुजा गर्दै पर्यटकहरुलाई समेत दशैँ मनाउने परम्परालाई निरन्तरता दिएको प्रबन्ध निर्देशक धुव्र गिरीले बताउनुभयो । चितवनको सौराहामा यतिबेला पर्यटकीय सिजन सुरु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *