Thursday, October 17, 2019
Home > आर्थिक समाचार > तरकारीको मूल्य आकाशियो

तरकारीको मूल्य आकाशियो

विराटनगर । चाडपर्व लागेसँगै तरकारीको मूल्य आकाशिएको छ । म्ूाल्यवृद्धि भएपछि उपभोक्ता महँगो मूल्यमा तरकारी किन्न बाध्य छन् ।

दशैं, तिहार तथा छठलगायतका मुख्य चाडपर्व आएसँगै विराटनगर बजारमा तरकारीको मूल्य आकाशिएको छ । तरकारीको मूल्य आकाशिएपछि सर्वसाधारण महँगीको मारमा परेका छन् । आन्तरिक उत्पादन पनि कम हुनु र पहाडी क्षेत्रबाट विराटनगर बजारमा तरकारी आउने गरेको छ । व्यापारीहरुले पहाडी जिल्लाबाट तरकारी आयात गर्दा ढुवानी खर्च बढी लागेका कारण तरकारीमा मूल्यवृद्धि भएको बताएका छन् । यसैगरी सरकारले विषादी परिक्षण गर्न थालेपछि तरकारीको आयात कम भएकाले पनि मूल्यमा वृद्धि भएको उनीहरुको भनाइ छ । १० दिन अगाडि प्रतिकिलो ५० रुप्ौयाँ पर्ने आलुको मूल्य ८० रुपैयाँ पुगेको छ । यस्तै ३० रुपैयाँ प्रतिकिलो पर्ने टमाटर ८० रुपैयाँ, ४० रुपैयाँ प्रतिकिलो पर्नेे भिन्डी अहिले ८० रुप्ौयाँ, १० रुपैयाँ प्रतिकिलो पर्नेे घिरौला ५० रुपैयाँ, ४० रुपैयाँ प्रतिकिलो पाइने काँक्रोको मूल्य अहिले ७० रुपैयाँ पुगेको छ । यस्तै ३० रुप्ौयाँ पर्ने प्याज अहिले १ सय २० रुपैयाँ प्रतिकिलो पुगेको छ । यसरी तरकारीको मूल्य आकाशिएपछि तरकारी किन्न आएका सर्वसाधारणहरुले भने महँगो मूल्यमा तरकारी किन्न बाध्य भएको गुनासो गरेका छन् । अरुबेला धेरै तरकारी किन्ने उपभोक्ताहरु अहिले थोरै लगेको बताउँछन ् ।

विराटनगर बजारमा दैनिक ४० देखि ५० टन आलु र प्याजबाहेक हरियो तरकारीबो बिक्री हुने गरेको छ । तरकारी बजार अनुगमन गर्ने निकाय प्रभावकारी नहुँदा सर्वसाधारणले महँगीको मार खेप्नुपरेको देखिन्छ । कृतिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई सरोकारवाला निकायले अनुगमन गरी कारबाही गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *