Thursday, October 17, 2019
Home > मुख्य समाचार > विराटनगरमा डेढ वर्षमा बधशाला निर्माण सम्पन्न हुने

विराटनगरमा डेढ वर्षमा बधशाला निर्माण सम्पन्न हुने

विराटनगर । बधशालाको अभावमा फोहोर र अस्वस्थ मासु खान बाध्य विराटनगर महानगरवासीले अबको डेढ वर्षभित्र स्वस्थ र सफा मासु खान पाउने भएका छन् । निमार्णाधीन पशुु वधशाला सुविधा सम्पन्न अत्याधुुुनिक बन्ने भएको छ । प्रदेश नम्बर १ सरकार र महानगरपालिकाले चासो देखाएपछि वधशाला निर्माण प्रक्रियाले गति लिन सुरु गरेको छ ।

लामो समयदेखि बधशालाको अभाव हँुदा विराटनगवासीले अस्वस्थ्यकर मासु खान बाध्य थिए । निमार्णाधीन विराटनगरको पशुु वधशाला अब अत्याधुुुनिक बन्ने भएको छ । प्रदेश नम्बर १ सरकार र विराटनगर महानगरपालिकाले चासो देखाएपछि वधशाला निर्माण प्रक्रियाले गति लिन सुरु गरेको छ । आगामी डेढ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी वधशालाको डीपीआर तयार भइसकेको छ । वधशालाका निर्माणका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले पाँच–पाँच करोड रकम विनियोजित गरेको महानगरपालिकाका मेयर भीम पराजुुलीले बताउनुभयो । टेण्डर आव्हान गरेर दशैंपछि निर्माणको काम सुुुरु हुुने र प्रदेश सरकार र महानगरपालिकाले आगामी बजेटमा रकम विनियोजित गरेर समयमा काम सम्पन्न गर्ने उहाँको भनाइ छ ।  बधशाला निर्माणका लागि २१ करोड २५ लाख रुपैयाँ लाग्ने जनाइएको छ । बधशाला दिगो रुपमा सञ्चालनका लागि सार्वजनिक–निजी–उत्पादक–साझेदारी अर्थात फो पी मोडलमा अगाडि बढाइएको छ । कृषकको १ करोड ७३ लाख, मासु व्यवसायीको १ करोड ६१ लाख लगानी रहनेछ । हेफर इन्टरनेशनल नेपालले वधशाला निर्माणका लागि प्राविधिक सहयोग तथा सहजीकरण गरिरहेको छ ।

नेपालमै नमुना बन्न लागेको वधशालालाई पूर्णता दिन महानगरपालिकाले नेतृत्व गरिरहेको छ । दैनिक ५ सय खसी काट्न सकिने क्षमता रहेको वधशालाको आवश्यक ठेक्का तथा निर्माण टेण्डर आव्हानका लागि महानगरपालिका प्रशासन महाशाखा प्रमुुख अर्जुुन थपलियाको संयोजकत्वमा सात सदस्यीय समितिसमेत गठन भएको छ । विराटनगर–८ मा महानगरपालिकाको १ विघा ८ कट्ठा जग्गामा वधशाला निर्माण २०६६ सालमा सुुरु भएको थियो । तत्कालीन अवस्थमा १ करोड १९ लाख खर्च भएको वधशालाले पूर्णता नपाउँदा त्यहाँ बनेका भौतिक संरचना अपलपत्र अवस्थामा छन् । पुरानै भौतिक संरचना भए पनि मापदण्डअनुसार त्यसलाई व्यवस्थित गर्न सकिने भएकाले त्यही संरचनामा नयाँ वधशाला निर्माण हुुन लागेको हो । पर्याप्त बजेट नहुँदा निर्माण सुरु भएको १० वर्ष पुग्दा पनिसम्पन्न हुन सकेको छैन । पशु बधशाला नहँुदा महानगरबासी अस्वस्थ्यकर मासु खान बाध्य छन् । तोकिएकै समयमा बधशाला निर्माण हुने हो वा होइन त्यो चाहि भने हेर्न बाकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *