Thursday, October 17, 2019
Home > राष्ट्रिय समाचार > काठमाडौंको असनबासीले हर्षोउल्लासका साथ खड्ग जात्रा मनाए

काठमाडौंको असनबासीले हर्षोउल्लासका साथ खड्ग जात्रा मनाए

काठमाडौंको असनबासीले हर्षोउल्लासका साथ खड्ग जात्रा मनाएका छन ।

दसैंको विजया दशमीको भोलीपल्ट एकादशीका दिन आज काठमाडौंका असनबासीले दसैंको टीका लगाएर खड्ग जात्रा मनाएका हुन । टोलका सबैभन्दा सानो बालकलाई खडग बोकाएर यो जात्रा मनाउने गरिन्छ । टोलबासीको एकताका लागि पनि यो पर्व मनाउने गरिएको स्थानीय माणिकरत्न तुलाधरले जानकारी दिनु भयो ।

सबैभन्दा कम उमेरका नानीलाई खडग बोकाएर टोल परिक्रम गरे टोलकै सुरक्षा हुने मान्यता अनुसार यो पर्व मनाउने गरिएको स्थानीयको भनाई छ । ११ सय वर्ष अघिदेखि मनाउँदै आएको यो पर्वमा खडगले कुभिण्डो काटेर दूर्गा भवानीलाई बलि दिने प्रचलन छ । जात्रामा स्थानीयले खडग लिएका सानो नानीलाई पूजा गर्ने, दक्षिण दिने र नेवारी परम्परा अनुसारको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *