Sunday, March 29, 2020
Home > मुख्य समाचार > मेची राजमार्गको काम ‘बालुवामा पानी खन्याएझैं’

मेची राजमार्गको काम ‘बालुवामा पानी खन्याएझैं’

इलाम । मेची राजमार्गको इलामस्थित माइखोला नजिकैको सडकमा जति रकम खर्च गरे पनि बालुवामा पानी खन्याएझैँ भइरहेको छ । यस सडकमा करोडौँ रकम खर्च गरिए पनि पक्की सडक भास्सिने क्रम रोकिएको छैन । यसले गर्दा यात्रु, चालक र सर्वसाधरणलाई समस्या भइरहेको छ । यति गर्दा पनि कुनै पनि निकायले बैकल्पिक सडक निर्माण गर्न ध्यान दिन सकेका छैनन् ।

मेची राजमार्गको इलाम माइखोला खण्डको सडक भासीने क्रम रोकिएको छैन । राजमार्गको ठाउँ ठाउँमा सडक भासीएपछि वर्षौदेखि यात्रा कष्टकर बन्दै गएको छ । डिभिजन सडक कार्यालयले आर्थिक वर्ष २०७१÷७२ सालमा नै भासिएको सडक मर्मतका लागि ६ करोडमा ठेक्का लगाएको थियो । बल्लतल्ल सकिएको निर्माण पनि भत्किएर पुनः सडक भासिने क्रम रोकिएको छैन । निर्माण व्यवसायी स्वच्छन्द सफल जेभीले पाँच वर्ष लगाएर नयाँ प्रविधिमा आधारीत रक एन्करिङ विधिबाट सडक मर्मत गरेको थियो । तर पनि सडक निर्माणको काम समिएलगत्तै समस्या उस्तै भएको छ । धेरैले यस सडकको बिकल्प खोज्न सम्वन्धित निकायसँग माग गरिरहेका छन् तर कसैले यस सडकको बिकल्प खोज्न भने सकेको छैन ।  भर्खरै सम्पन्न भएको सडकको अवस्था उही भएपछि डिभिजन सडक कार्यालयले भासीएका सडक पुन मर्मतका लागि ठेक्का बन्दोबस्तीको तयारी गरेको छ । राजमार्गको माइखोला र चुरेघाँटी खण्डको भासीएको १२ किलोमिटर सडकखण्ड पुन निर्माणका लागि पाँच करोड खर्च हुने अनुमान छ ।

कार्यालयले गरेको अध्ययनअनुसार दश वर्षमा तीन मीटर सडक भासीएको देखिएको छ । सडक मर्मतपछि भासीएको तीन स्थानमध्ये दुई स्थानमा समस्या नदेखिएको जनाएको छ । माइखोला भञ्ज्याड क्षेत्रमा ठाउँ ठाउँमा सडक भासिएकाले सडक पार गर्न समस्या रहेको छ । यस सडकको बिकल्प नखोजुन्जेल समस्या उही हुने भन्दै यसको बिकल्प खोजेर नयाँ सडक निर्माण गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *