Friday, April 03, 2020
Home > खेलकुद समाचार > उमेन च्याम्पियन्स लिगमा क्याट क्विन्स काठमाडौंको पहिलो जीत

उमेन च्याम्पियन्स लिगमा क्याट क्विन्स काठमाडौंको पहिलो जीत

क्याट क्विन्स काठमाडौंले महिलाको फ्रेन्चाइज क्रिकेट लिग उमेन च्याम्पियन्स लिगमा पहिलो जीत निकालेको छ ।

आज काठमाडौंको कीर्तिपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गर्दै क्याट क्विन्स काठमाडौंले पहिलो जीत निकालेको हो । पोखरा पल्टनका लागि कप्तान सिता राना मगरले सर्वाधिक १७ रन तथा विन्दु रावलले १३ रन जोडिन । अन्य खेलाडीले भने दोहोरो अंक जोडन सकेनन् । पोखरा पल्टनलाई सस्तैमा समटेन क्याट क्विन्स काठमाडौंकी सरस्वती कुमारी र अप्सरी बेगमले २÷२ विकेट लिएका थिए । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको क्याट क्विन्स काठमाडौंले २० ओभरमा ५ बिकेट गुमाएर १५२ रन बनाएको थियो । कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै ८३ रनको अर्धशतकीय इनिङस खेलिन । ६७ बलको सामना गरेकी रुविनाले १४ चौका र २ छक्का प्रहार गरिन । त्यसैगरी काठमाडौंका लागि रोमा थापाले १९ शोभा आलेले १२ तथा ईश्वरी विष्टले अबिजित १० रन जोडेका थिए । बुधबारबाट सुरु भएको सो प्रतियोगितामा ५ मुख्य सहरका ५ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता टोलीले ७ लाख नगदसहितको पुरस्कार पाउनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *