Monday, June 01, 2020
Home > राष्ट्रिय समाचार > विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने

विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखे्रेलले विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने स्पष्ट पार्नुभएको छ ।

नेपाल पब्लिक क्याम्पस संघको ११ औ राष्ट्रिय महाधिवेशनलाई आज राजधानीमा सम्बोधन गर्दे मन्त्री पोख्रेलले सरकारको लक्ष्य अनुसार विश्वविद्यालय सुधारको प्रक्रियालाई सहयोग पुग्ने दक्ष नेतृत्वलाई पदाधिकारीमा चयन गरिने बताउनुभएको हो । ६२÷६३ को आन्दोलन पछि विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा गर्ने चलन बसेको उल्लेख गर्दे उहाँले वर्तमान सरकारले भने भागवण्डाको संस्कृतिलाई अघि नबढाउने स्पष्ट पार्नुभएको हो । उहाँले शिक्षालाई संविधानले निर्देश गरेको बाटो भन्दा बाहिर नलग्ने पनि प्रतिवद्धता जनाउनुभयो । उहाँले सरकारले लिने शिक्षा नीतिका बारेमा भ्रममा नपर्ने प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गर्नुभयो । माक्सवादको आलोकमा त्यसैको आधारमा सरकारले शिक्षानीति बनाउन खोजेको छ कि भन्ने आशंका देखिने गरेको भन्दै उहाँले त्यस किसिमको भ्रममा नपर्न आग्रह गर्नुभयो ।

उहाँले सामुदायिक क्याम्पसहरुले भोगेको समस्यालाई ध्यानमा राखी सरकारले आवश्यकता र औचित्यका आधारमा अनुदानमा वृद्धि गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *