Monday, April 06, 2020
Home > मुख्य समाचार > सभामुख पदमा आफ्नो पार्टीको दावी रहेको कांग्रेस नेता लेखकको भनाइ

सभामुख पदमा आफ्नो पार्टीको दावी रहेको कांग्रेस नेता लेखकको भनाइ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दावी रहेको बताउनु भएको छ ।

कांग्रेस नेता लेखकले सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने चेतावनी पनि दिनु भयो । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सोही अनुसार सभामुख पद प्रमुख प्रतिपक्ष दललाई दिनुपर्ने तर्क पनि गर्नु भयो । उहाँले सभामुख र उपसभामुख पद एउटै दलले राखेर संविधान विपरितका गतिविधि अव हुन नदिने पनि बताउनु भयो । पूर्वमन्त्री समेत रहनु भएका कांग्रेस नेता लेखकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानविन आयोग तत्काल गठन गर्न पनि सरकारसँग माग गर्नु भयो । उहाँले संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक कानुन संशोधन गर्न ढिलाई नगर्न सरकारलाई सचेत पनि गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *