Wednesday, May 27, 2020
Home > राष्ट्रिय समाचार > नेपाल बंगलादेशबीच सहुलियतपूर्ण व्यापारसम्बन्धी प्राविधिक समितिको बैठक काठमाडौंमा सुरु

नेपाल बंगलादेशबीच सहुलियतपूर्ण व्यापारसम्बन्धी प्राविधिक समितिको बैठक काठमाडौंमा सुरु

नेपाल बंगलादेशबीच सहुलियतपूर्ण व्यापारसम्बन्धी प्राविधिक समितिको बैठक काठमाडौंमा सुरु भएको छ ।

राजधानी काठमाण्डौमा आज सुरु बैठकमा दुई देशबीचको व्यापारिक सम्भावनका विषयमा छलफल हुनेछ । विशेष गरेर क्षेत्रिय उडान, उर्जा, जलमार्ग, कृषि उत्पादनको निकासी, खाद्य सुरक्षा, नेपाली धागो निकासी तथा दुवै देशका उपभोग्य वस्तुको आयात निर्यातबारे छलफल गरिने बताइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बैठकले दुई देशबीचको व्यापार विस्तारका सम्बन्धमा ठोस निर्णय हुने बताउनुभयो । बंगलादेश वाणिज्य मन्त्रालयकी सह सचिव सरिफा खानले दुई देशबीचको व्यापार प्रवद्र्धनका सम्बन्धमा यसअघि पनि छलफल भईसकेकाले बैठकले त्यसबारे महत्वपुर्ण निर्णय गर्नेमा आफु आशावादी रहेको बताउनुभयो ।

प्राविधिक समितिको बैठकले गरेका निर्णयहरु दुवै देशको सचिवस्तरीय निर्देशक समितिले अनुमोदन गरेपछि कार्यान्वयनमा जाने छ । बैठकमा नेपालका तर्फबाट १५ र बंगलादेशका तर्फबाट ७ सदस्यीय प्रतिनिधिमण्डल सहभागी छन् । बैठक भोलीसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *