Friday, March 05, 2021
Home > खेलकुद समाचार > विराटनगरमा प्रदेश १ स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु

विराटनगरमा प्रदेश १ स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु

विराटनगर । विराटनगरमा दोस्रो कालुराम सुुरजमल स्मृति प्रदेश १ स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

विराटनगर ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगिताको आज प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गर्नुभयो । प्रतियोगिता अन्तर्गत आज भएका सबै इन्भेटमा विजयी भएका खेलाडी क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री घिमिरेले प्रदेश १ लाई खेलकुदका माध्यमबाट चर्चित बनाउने उद्देश्यले विभिन्न खेलकुदका कार्यक्रम गर्दै आएको र आगामी वर्ष अझ बढी कार्यक्रम गर्दै लैजाने योजना रहेको बताउनु भयो ।  प्रतियोगितामा मास्टर ५५ वर्षमाथि, मास्टर ४५ वर्षमाथि र मेन्स् डब्लस्मा ६५ वर्षमाथिका टिमको सहभागिता रहेको छ । प्रतियोगित ७ गतेसम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *