Thursday, November 26, 2020
Home > राष्ट्रिय समाचार > मंसीर ५ र ६ गते ‘ऊर्जा शिखर सम्मेलन’

मंसीर ५ र ६ गते ‘ऊर्जा शिखर सम्मेलन’

काठमाडौं । नेपालमा आगामी मंसीर ५ र ६ गते ‘ऊर्जा शिखर सम्मेलन’ आयोजना हुने भएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सो शिखर सम्मेलन आयोजना हुने औपचारिक जानकारी गराएको हो । नेपालको उर्जाको उत्पादन, बजारीकरण र त्यसका लागि आवश्यक बाह्य लगानी जुटाउने मुख्य उद्देश्यका साथ यो शिखर सम्मेलन आयोजना गर्न लागेको इप्पानका वरिष्ठ उपाध्यक्ष कुमार पाण्डेले जानकारी दिनु भयो । काठमाडौंमा आयोजना हुने सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । सो शिखर सम्मेलनमा भारत, बंगलादेश, चीन, क्यानडा, नेदरल्याण्ड, बेलायत, अमेरिका तथा जापानसहित विभिन्न देशका ७ सय भन्दा बढी उर्जा क्षेत्रका विज्ञहरु सहभागी हुनेछन । सो शिखर सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको उर्जा क्षेत्रमा आवश्यक लगानीको विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने पनि इप्पानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *