Wednesday, September 30, 2020
Home > खेलकुद समाचार > विराटनगरमा व्याडमिन्टन प्रतियोगिता सम्पन्न

विराटनगरमा व्याडमिन्टन प्रतियोगिता सम्पन्न

विराटनगरमा जारी दोस्रो कालुराम सुुरजमल स्मृति प्रदेश १ स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा मेन्स डबल्सतर्फ नवीन सिलवाल र चाणक्य पाठकले उपाधि हात पारेका छन् ।

यस्तै मास्टर ४५ वर्षमाथि विनोद डाँगी र मिलन नेम्बाङ तथा मास्टर ५५ वर्षमाथि मनोज गोविन्द लाखे र राम श्रेष्ठले उपाधि जितेका छन् । प्रतियोगिताअन्तर्गत मेन्स डबल्सतर्फ झापाको नवीन सिलवाल र चाणक्य पाठकको जोडीले सुनसरीको रविन सुडेन र प्रकाश राईको जोडीलाई पराजित गरेका थिए । मोरङको यादव श्रेष्ठ र शशी चौधरी तथा सिन्धुलीको दीपेन्द्र बस्नेत र कुमार रमौली तृतीय भए । त्यस्तै मास्टर ५५ वर्षमाथि मोरङको मनोज गोविन्द लाखे र राम श्रेष्ठको जोडीले सुनसरीको मणि गुरुङ र देव तामाङको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जिते । सुनसरीको तुलसी सुवेदी र भोजराज रखेल तथा किरणसिंह बस्नेत र पुष्पधन शाक्यको जोडी तृतीय भयो । त्यसैगरी मास्टर ४५ वर्षमाथि मोरङको विनोद डाँगी र मिलन नेम्बाङको जोडीले धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडीलाई पराजित गर्दै उपाधि जितका छन् । मोरङका सन्दीप श्रेष्ठ र श्रीप्रसाद धिमाल तथा सुनसरीको श्याम लामा र सुरेश कार्कीको जोडी तृतीय भयो । प्रतियोगिताका विजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, क्लबका अध्यक्ष किरणसिंह बस्नेतलगायतले पुरस्कार वितरण गरेका थिए । विजयी खेलाडीले क्रमश प्रथमले नगद २१ हजार रुपैयाँ, द्वितीयले नगद ११ हजार रुपैयाँ र तृतीयले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *