Friday, April 03, 2020
Home > राष्ट्रिय समाचार > इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै धर्ना

इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै धर्ना

काठमाडौं । स्थानीयले चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिकाभित्र रहेका सबै इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै आज चन्द्रागिरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् ।

चन्द्रागिरी र कीर्तिपुर नगरपालिकाका पीडितहरुले चन्द्रागिरी नगरपालिकाको कार्यालयका धर्ना दिँदै त्यहाँभित्र रहेका सबै इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै चन्द्रागिरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका हुन् । त्यस अवसरमा उनीहरुले चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई ज्ञापनपत्र बुझाउँदै ५ दिनभित्र त्यहाँका इँट्टाभट्टा हटाउने निर्णय कार्यान्वयनमा नल्याए नगरपालिकाविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएका छन् । क्यान्सरजस्ता घातक रोगहरु निम्त्याउने इँट्टाभट्टा हटाउने नगरपालिकाको निर्णय ५ दिनभित्र पनि कार्यान्वयनमा नआए नगरपालिकाविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने इट्टाभट्टा पीडित संघर्ष समितिका संयोजक मुकुन्द घिमिरेले चेतावनी दिनुभयो । उहाँले सो नगरपालिकाले प्रदूषणमुक्त नगर बनाउन गरेको आफ्नै घोषणा कार्यान्वयनमा ल्याउन नचाहेकाले आफूहरु चरणवद्ध आन्दोलन गर्न बाध्य हुनु परेको पनि स्पष्ट पार्नुभयो ।

धर्ना कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष राजेन्द्र वानियाँले आफ्नो वडाबाट इँट्टाभट्टा हटाउन आफू तयार रहेको बताउनुभयो । उहाँले स्थानीयले इँट्टाभट्टा हटाएर सो ठाउँलाई धुवाधुलोमुक्त बनाउन चाहेकाले त्यसमा आफ्नो साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । यसैबीच, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले सबै वडासँग छलफल गरेर सो क्षेत्रमा रहेका सबै इँट्टाभट्टाहरु हटाउने निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *