Sunday, March 29, 2020
Home > राष्ट्रिय समाचार > सरकारले लोकतन्त्रमाथि निरन्तर आक्रमण गरिरहेको देउवाको आरोप

सरकारले लोकतन्त्रमाथि निरन्तर आक्रमण गरिरहेको देउवाको आरोप

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्रमाथि निरन्तर आक्रमण गरिरहेको बताउनुभएको छ ।

आज काठमाडौँमा पाँचथर काठमाडौँ सम्पर्क समितिको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति देउबाले प्रजातान्त्रिक अधिकारमाथि सरकारको आक्रमण बढिरहेको भन्दै सबैलाई एकजुट हुन आग्रह पनि गर्नु भयो । सरकारले लोकतन्त्र माथी आक्रमण गर्न एक पछि अर्को बिधेयक ल्याएर जनताका अधिकार कटौती गर्न लागेको पनि आरोप लगाउनुभयो ।

सभापति देउबाले प्रजातन्त्रको रक्षाको लागि सबै कांगे्रसजन सचेत भएर लड्नु पर्ने बेला आएको पनि बताउनुभयो । कार्यक्रममा पाँचथर घर भइ काठमाडौँ आएर बसोबास गर्ने कलाकारहरुले गायन नृत्यकला प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *