Monday, April 06, 2020
Home > खेलकुद समाचार > बेलबारीको राधानगरमा भलिबल प्रतियोगिता सम्पन्न

बेलबारीको राधानगरमा भलिबल प्रतियोगिता सम्पन्न

मोरङ, ९ कार्तिक । मिर्मिरे युवा नेपाल बेलबारी ८ राधानगरको आयोजनामा तिहारको अवसरमा प्रथम राधानगर भलिवल कप सम्पन्न भएको छ ।

स्थानीय जनता मावि राधानगरको खेल मैदानमा सम्पन्न प्रतियोगितामा वडा नम्बर ८ को आयोजक टिमले उपाधि हात पारेको छ । नगरका ६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता बन्दै वडा नम्बर ८ ले नगद १५ हजारसँगै ट्रफि प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको वडा नम्बर ४ काकुमको टिमले नगद ७ हजार र ट्रफी प्राप्त गर्यो । म्यान अफ द सिरिज वडा नम्बर ४ काकुमका केशब श्रेष्ठ घोषित हुँदै ट्रफी सहित नगद १ हजार प्राप्त गरे । यसअघि प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिका वार्ड नं ८ का अध्यक्ष धनपति गौतमले गर्नुभएको थियो । स्थानीय प्रतिभाको संरक्षण गर्ने मूख्य अभिप्रायका साथ कार्यक्रम आयोजना गरिएको मिर्मिरे युवा नेपालका सचिव अभिशेक गौतमले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *