Monday, April 06, 2020
Home > मुख्य समाचार > खोटाङको हलेसीमा बस दुर्घटना हुँदा १३ जना घाइते

खोटाङको हलेसीमा बस दुर्घटना हुँदा १३ जना घाइते

खोटाङको हलेसी चुवाचुङ नगरपालिका वडानम्बर १० मा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

सदरमुकाम दिक्तेलबाट विराटनगर आउदै गरेको को १ ख ६३२० नम्बरको बस आजबिहान कामिडाँडामा दुर्घटना भएको हो । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा लगिएको प्रहरीले जनाएको छ । घाइतेहरुको परिचय र दुर्घटनाको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *