Sunday, July 05, 2020
Home > खेलकुद समाचार > नेपाली राष्ट्रिय महिला भलिबल टिमले थाइल्याण्डको राष्ट्रिय टिमसँग खेल्दै

नेपाली राष्ट्रिय महिला भलिबल टिमले थाइल्याण्डको राष्ट्रिय टिमसँग खेल्दै

नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज थाइल्याण्डको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दै छन् ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टोलीले थाइल्याण्डको टिमसँग खेल्न लागेको हो । नेपाल र थाइल्याण्डबीचको खेल अपरान्ह ४ बजेपछि सुरु हुनेछ । थाइल्याण्डविरुद्ध नेपाल मुख्य स्पाइकर सरस्वती चौधरीबिना कोर्ट उत्रनेछ । गत बिहिबार जापानको जुनियर टिमविरुद्ध एंकलको चोट बोकेकी सरस्वती एक साता मैदान बाहिर रहने छिन् । यस अघि नेपाली टोलीले थाइल्याण्डमा विभिन्न टोलीसँग पाँच मैत्रीपूर्ण खेल खेलिसकेको छ । जसमा नेपालले तीन खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *