Thursday, April 02, 2020
Home > खेलकुद समाचार > राष्ट्रिय क्रिकेट टिमको कप्तान ज्ञानेन्द्र मल्ल

राष्ट्रिय क्रिकेट टिमको कप्तान ज्ञानेन्द्र मल्ल

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ ।

पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गर्नुभएको थियो । उहाँले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाउनुभएको थियो । पारसले एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाउनु भएको थियो । पारसको अनुपस्थितिमा उहाँले नै कप्तानीको भूमिका निभाउनु भएको थियो । यस्तै दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । हालै सिंगापुर र ओमान टुरमा ज्ञानेन्द्रलाई आराम दिँदा ऐरी उपकप्तानको भूमिका हुनुहुन्थ्यो । यू–१९ टिममा कप्तान रहिसकेका उहाँले फ्रेन्चाइज लिग टिमको पनि नेतृत्व गरिसक्नुभएको छ । क्रिकेट संघले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान र उपकप्तानबारे जानकारी दिनुभएको थियो । ज्ञानेन्द्रको कप्तानीमा नेपालले अब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को टोलीसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *