Thursday, April 02, 2020
Home > मुख्य समाचार > निवर्तमान सभामुख महराको अनुसन्धान प्रतिवेदन माथि आज निर्णय हुने

निवर्तमान सभामुख महराको अनुसन्धान प्रतिवेदन माथि आज निर्णय हुने

आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कारको प्रयास र नमान्दा कुटपिट गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको अनुसन्धान प्रतिवेदन माथि आज निर्णय हुँदैछ ।

शुक्रबार प्रहरीले बुझाएको प्रतिवेदनमाथि माथि आज काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नेछ । प्रहरीले महरामाथि आफ्नै कार्यालयकी कर्मचारीलाई जबरजस्ती करणी गरेको भन्दै कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन अनुसार मुद्दा चलाउने वा नचलाउने अधिकार सरकारी वकिललाई कानुनले दिएको छ । २० दिन लामो अनुसन्धानबाट महराले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी उद्योग गरेको पुष्टि भएको प्रहरीले जनाएको थियो । प्रतिवेदनमा महरालाई मुलुकी फौजदारी संहिता २०७४ को बलात्कार प्रयास सम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको छ । जबरजस्ती करणी उद्योग गरेको भए त्यसको आधा सजाय हुने व्यवस्था मुलुकी अपराध संहितामा छ । आज महरामाथि मुद्दा चलाउने निर्णय भयो भने आजै अदालत लैजानुपर्ने हुन्छ । अदालतमा उनको पहिले थुनछेक बयान हुन्छ त्यसपछि थुनछेक बहस हुन्छ । दुवै काम सकिएपछि अदालतले महरालाई थुनामै राखेर मुद्दाको सुनुवाई अघि बढाउने कि थुनामुक्त गरेर भन्ने निर्णय गर्ने छ । सरकारी वकिल कार्यालयले मुद्दा नचलाए महरालाई आजै थुनामुक्त गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *