Monday, June 01, 2020
Home > मुख्य समाचार > प्रधानमन्त्री ओलीलाई नेकपा अध्यक्ष दाहालले भेटे

प्रधानमन्त्री ओलीलाई नेकपा अध्यक्ष दाहालले भेटे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार गरिएको डाईलासिस पनि सफल भएको छ ।

काठमाडौंको ग्रान्डी अस्पतालमा बिहीबार दोस्रो पटक गरिएको मृर्गौंलाको डाईलासिस पनि भर्खरै सफलतापूर्वक सम्पन्न भएको हो । योसँगै चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई केरबेरमै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेको पनि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिनु भयो । प्रधानमन्त्रीलाई डाईलासिस गरेपछि अस्पतालमै पुगेर भेट गर्नु भएका उहाँले संचारकर्मीमाझ भर्खरै डाईलासिस गरिएको र एकैछिन रेष्ट गरेर प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न लागिएको बताउनु भयो । उहाँले आफूले प्रधानमन्त्री ओलीसँग कुरा गरेको र अवस्था सामान्य रहेको पनि बताउनु भयो ।  अध्यक्ष दाहाललाई प्रधानमन्त्री ओलीको फेरी डाइलासिस गर्नुपर्ने, नपर्ने भन्ने कुरा भने भोली, पर्सीको अवस्थालाई हेरेर मात्रै भन्न सकिने कुरा पनि चिकित्सकहरुले बताएका थिए । प्रधानमन्त्री ओलीले बुधबार ग्राण्डी अस्पतालमा पुगेर मृर्गौंलाको पहिलो डाईलासिस गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *