Wednesday, April 01, 2020
Home > राष्ट्रिय समाचार > इटहरी उपमहानगरद्धारा ४१ वटा कानुन निर्माण

इटहरी उपमहानगरद्धारा ४१ वटा कानुन निर्माण

इटहरी उपमहानगरले अहिले सम्ममा ४१ वटा कानुन निर्माण गरेको छ ।

स्थानीय सरकारलाई आफनो कानुन आफै वनाउन पाउने संवैधानिक अधिकार अन्र्तगत इटहरी उपमहानगरले धमाधम कानुन निर्माण गरेको हो । पहिलो बर्ष कानुन अभावमा काम गर्न निक्कै गाहो परेकाले अत्यन्तै मेहनत गरेर ४१ वटा कानुन निर्माण गरिसकेको उपप्रमुख लक्ष्मी गौतमले वताउनुभयो । ऐन,निमावली र कार्यविधि गरेर ४१ वटा कानुन निर्माण गरेको उपप्रमुख गौतमले वताउनुभयो । उहाँका अनुसार केही कानुनका मस्यौदा तयार भइसकेको छ । कानुनकै अभावमा काम गर्न अप्ठयारो पर्ने अवस्था आउन नदिने गरि कानुन निर्माण भएको उहाँको दावी छ । केही पालिकाहरुले आधा दर्जन भन्दा कम मात्र कानुन वनाइरहेका वेला इटहरीले ४१ वटा कानुन वनाउनु सकारात्मक रहेको जानकारहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *