Monday, April 06, 2020
Home > राष्ट्रिय समाचार > साढे चार लाखको बारुदजन्य पटाकासँगै १९ लाख ३० हजार मुल्य बराबरको सामान बरामद

साढे चार लाखको बारुदजन्य पटाकासँगै १९ लाख ३० हजार मुल्य बराबरको सामान बरामद

झापा । जिल्ला प्रहरी कार्यालय झापाले साढे चार लाखको बारुदजन्य पटाकासँगै १९ लाख ३० हजार मुल्य बराबरको सामान बरामद गरेको छ ।

प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले चाडपर्वलाई लक्षित गरी गत असोज १ गतेदेखि कार्तिक १४ गतेसम्म पटाका, लत्ताकपडा, खाद्यन्न सामग्री गरी उक्त मुल्य बराबरको सामान बरामद गरेको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । चोरी, निकासी गरी भित्राइएका सामानमध्ये १२ लाख २२ हजार पाँचसय मुल्य बराबरको लत्ताकपडा , २ लाख ५३ हजार पाँच सयको खाद्यान्न र ४ लाख ५४ हजारको पटाका बरामद गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । बरामद गरिएका सामग्री आवश्यक कारवाहीका लागि राजश्व अनुसंन्धान कार्यालय इटहरी र भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *