Saturday, July 11, 2020
Home > खेलकुद समाचार > लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिममा फर्किए

लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिममा फर्किए

कप्तान लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिममा फर्किएका छन् ।

दक्षिण अमेरिकी फुटबल महासंघ (कोपा) को प्रतिबन्ध फुकुवा भएसँगै मेस्सी अर्जेन्टिनाको टिममा फर्किएका हुन् । अर्जेन्टिनाले ब्राजिल र उरुग्वेसँगको मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टिममा मेस्सी अटाएका छन् । मुख्य प्रशिक्षक लियोनल स्कालोनीले मेस्सी टिममा राख्दै २६ सदस्सीय टिमको घोषणा गरेका छन । अर्जेन्टिनाले नोभेम्बर १५ मा ब्राजिल र नोभेम्बर १८ मा उरुग्वेसँग मैत्रीपूर्ण खेल खेल्दैछ । महासंघमाथि भ्रष्ट्राचारको आरोप लगाएपछि कोपा अमेरिकाले गत साउनमा मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको थियो । ब्राजिलमा सम्पन्न कोपा अमेरिका अन्तर्गत तेस्रो स्थानका लागि भएको प्ले अफ खेल पश्चात मेस्सीले भ्रष्ट्राचारको आरोप लगाएका थिए । मेस्सीले तेस्रो स्थानको पदक लिन समेत अस्वीकार गरेका थिए । कोपामा अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसँग २–० ले पराजित हुदै उपाधि होडबाट बाहिरिएको थियो । मेस्सीले सो खेलमा ब्राजिललाई उपाधि जिताउन रेफ्रीले खेल मिलेमतो गरेको आरोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *