Thursday, November 14, 2019
Home > खेलकुद समाचार > इंग्ल्याण्डको एमसीसी नेपालविरुद्ध सिरिज खेल्न काठमाडौं आइपुग्यो

इंग्ल्याण्डको एमसीसी नेपालविरुद्ध सिरिज खेल्न काठमाडौं आइपुग्यो

इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) नेपालविरुद्ध सिरिज खेल्न आज दिउँसो काठमाडौ आइपुगेको छ ।

एमसीसीले काठमाडौ र पोखरामा गरी ६ वटा खेल खेल्ने छ । काठमाडौमा आइतबारदेखि नै प्रतियोगिता सुरु हुनेछ । नेपाल आएको एमसीसीको टिम जिम्मी एडम्सको कप्तानीमा रहेको छ । जसमा यासिर अराफात, बिली गोड्लीमन, विल रोड्स, क्रिस राइट लगायत रहेका छन् । यस्तै टिममा चार जना अफिसियल रहेका छन् । काठमाडौमा ३ नोभेम्बरमा एमसीसीविरुद्ध नेपाल यू–१९ टिमबीच ५० ओभरको खेल हुने छ । ४ नोभेम्बर एमसीसीविरुद्ध नेपाल सिनियर ५० ओभरको खेल हुनेछ । ६ देखि ८ नोभेम्बर एमसीसीविरुद्ध नेपाल तीन दिवसीय खेल हुनेछ । यस्तै ९ नोभेम्बरमा पहिलो टी–२० एमसीसीविरुद्ध सिनियर र यू–१९ को मिक्स टिम खेल्ने छ । पोखरामा हुने खेल ११ नोभेम्बरमा एमसीसीविरुद्ध पोखरा आमन्त्रण र १२ नोभेम्बरमा एमसीसीविरुद्ध मुख्यमन्त्री ११बीच हुनेछ । दुवै खेल २० ओभरको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *