Sunday, September 27, 2020
Home > मुख्य समाचार > सांसद आलमविरुद्ध दर्जन बढी व्यक्तिलाई जिउँदै जलाएको अभियोगको मुद्धा दर्ता

सांसद आलमविरुद्ध दर्जन बढी व्यक्तिलाई जिउँदै जलाएको अभियोगको मुद्धा दर्ता

सांसद मोहम्मद अफताब आलमविरुद्ध दर्जन भन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोग दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जन भन्दा बढी व्यक्तिलाई इट्टाभट्टाको चिम्नीमा जिउँदै जलाई क्रुर मानवताविरुद्धको कसूर अपराध गरेको भन्दै जिल्ला अदालत रौतहटमा अभियोगपत्र दर्ता गरेको हो । सरकारी वकिल कार्यालयले आलमसहितका व्यक्तिले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानुनी रुपमा विस्फोटक पदार्थ राख्ने अपराध गरेको दावीसहित यी तीनवटै कसूरमा सजाय माग दावी गरेको छ । यो कसूरमा सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ । सरकारी वकिल कार्यालयले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंकर साहविरुद्ध अभियोगपत्र दायर गरेको हो । आलमबाहेक अरु सबै फरार रहेका छन् । उनीहरुविरुद्ध पक्राउ पूर्जी म्याद जारी गर्न पनि सरकारी वकिल कार्यालयले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *