Friday, November 15, 2019
Home > खेलकुद समाचार > आक्रमण एफसी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा प्रवेश

आक्रमण एफसी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा प्रवेश

भारतको पाहुना टोली सिक्किम आक्रमण एफसी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनल खेलमा प्रवेश गरेको छ ।

बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटरफाइन खेलमा मोरङ जिल्ला लिग च्याम्पियन बेलबारी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै सिक्किमले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै सिक्किमले दोस्रो हाफमा लगातार तीन गोल गर्यो भने बेलबारीले एक गोलमात्र थप्यो । पहिलो हाफमा लय नसमाएको सिक्किमले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दा केही फरक समयमा तीन गोल गर्न सफल रह्यो । सिक्किमका लागि दोस्रो हाफको १९औँ मिनेटमा रोहन राईले गोल गरेर खेललाई बराबरीमा ल्याए । त्यसको तीन मिनेट नबित्दै उनैले थप गोल गरेर अग्रता दोब्बर बनाए । २–१ नतिजालाई बराबरीमा पुर्याउन बेलबारी एफसीका भुषण लिम्बू सफल भए । सिक्किमलाई सेमिफाइनल पुर्याउनका लागि करण राईको योगदान महत्वपूर्ण रह्यो । उनले दोस्रो हाफको ३५औँ मिनेटमा गोल गर्दै टिमलाई जीत दिलाए । जीत नजिक पुगेको मोरङ पहिलो खेलबाटै बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *