Thursday, February 27, 2020
Home > राष्ट्रिय समाचार > अटोमेटिक पेस्तोल र गोलीसहित दुई जना पक्राउ

अटोमेटिक पेस्तोल र गोलीसहित दुई जना पक्राउ

मोरङ । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

कटहरी गाँउपालिका २ बस्ने २३ बर्षिय सुरज कुमार भन्ने विक्की भगत र धनपालथान गाँउपालिका ७ कदमाहाका २८ बर्षिय मुकेशकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो । भगत पेस्तोल बोकेको र मण्डल पेस्तोल उपलब्ध गराएको अभियोगमा पक्राउ परेका हुन । छठ पूजाको अवसरमा शनिबार कटहरी गाँउपालिका १ मा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम बिथोल्न ढुंगा प्रहार भएपछि प्रहरीले शंकालागि शरीर तलासी गर्ने क्रममा भगत पक्राउ परेका थिए । उनको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल १ थान,त्यसमा लाग्ने म्यागजिन २ थान,म्यागजिनमा लोड रहेको अवस्थामा १ थान गोली बरामद गरेको थियो । यसैगरि सिमकार्ड ५ वटा र एउटा ट्याब्लेट समेत उनको साथबाट बरामद भएको छ । मोरङ प्रहरीले आज पत्रकार सम्मेलनगरि सो बिषयमा जानकारी गराएको छ । भगतसंग गरिएको सोधपुछको क्रममा उनले मुकेशकुमार मण्डलले आफुलाई पेस्तोल उपलब्ध गराएको बताएपछि मण्डललाई हिजो विराटनगरको जलजला रोडबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका मध्येका विक्की विराटनगरकै एक कपडा पसलमा रोजगारी गर्दै आएको र मुकेश उदयपुर जिल्लाको एक लघुबित्त संस्थामा फिल्ड सहायककोरुपमा काम गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका ब्यक्तीहरु केहि समयदेखि हतियारको कारोबार गर्ने ब्यक्तीहरुसंग सम्पर्कमा रहेको अनुसन्धानको क्रममा खुलेको एसपी अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *