Friday, November 27, 2020
Home > राष्ट्रिय समाचार > कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक स्थगित भएको छ ।

आज विहान सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो । बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूचि तय गरिएको थियो । तर समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक आगामी कार्तिक २८ गते बस्ने गरी स्थगित गरिएको छ । बैठकमा समितिका सदस्यहरु सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्रीसहितका केही सदस्यहरु मात्रै उपस्थित हुनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *