Sunday, December 15, 2019
Home > मुख्य समाचार > इटहरी अब शनिबार बजार बन्द हुने

इटहरी अब शनिबार बजार बन्द हुने

इटहरी अब शनिबार बजार बन्द हुने भएको छ । उद्योग वाणिज्य संघ इटहरीले आउदो कार्तिक २३ गतेबाट लागु हुने गरी इटहरी बजार शनिबार बन्द गर्ने निर्णय गरेको हो । यसअघि बिहिबार बजार बन्द रहने गरेको थियो ।

यही कार्तिक २३ गते शनिबारदेखि इटहरी बजार बन्द गर्न वाणिज्य संघले ब्यापारीहरुलाई गरेको छ । शनिबार बन्द गर्ने निर्णय स्वागत योग्य भएको इटहरीका व्यवसायीहरुले बताएका छन् । यसअघि इटहरी विहिबार वा शनिबार बन्द गर्ने विषयमा व्यवसायीहरुबीच ठुलो विवाद रहँदै आएको थियो । आधा व्यवसायी विहिबारको पक्षमा र आधा व्यवसायी शनिबारको पक्षमा बाँडिएका थिए । गत असार १४ गते भएको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा व्यवसायीहरूले बजार कुन दिन बन्द गर्ने भन्ने विषयमा मतदान नै गरका थिए । मतपरिणाम अनुसार बिहिबार बन्द गर्नुपर्नेमा १ हजार ७ सय ७४ मत र शनिबार बन्द गर्नुपर्नेमा २ हजार ८ सय ३३ मत प्राप्त भएको थियो । सनिवार बजार बन्द गर्न सहयोग गरिदिन सम्पुर्ण उद्योगी ब्यवसयीलाई उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले अनुरोध गर्नुभएको छ ।

उद्योग बाणिज्य संघको निर्वाचनको मत परिणामपछि विवाद मथ्थर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *