Monday, June 01, 2020
Home > मुख्य समाचार > नवनियुक्त प्रदेशका प्रमुखहरुद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

नवनियुक्त प्रदेशका प्रमुखहरुद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

राष्ट्रपति विद्या भण्डारीले नवनियुक्त प्रदेशका प्रमुखहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको छ ।

राष्ट्रपति भण्डारीले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहमा नवनियुक्त प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, प्रद्रेश २ का प्रदेश प्रमुख तिलक परियार, प्रदेश ३ का प्रदेश प्रमुख विष्णु प्रसाईँ, गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादव, कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो । उहाँले सोमबार अपरान्ह सरकारको सिफारिसमा उहाँहरुलाई प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको थियो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो । यस अघि गत कार्तिक १७ गते आईतबार बसेको मन्त्रीपरिषद बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नियुक्त गर्नु भएका सबै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *